2 years ago
January 20, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार आर्सनलले सहज जित निकालेको छ । आर्सनलले क्रिस्टल प्यालेस माथि ५–० को जित हासिल गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रिएल मार्टिनेलीले २ गोल गर्दा गाब्रिएल माघालेस र लियान्ड्रो ट्रोसार्डले समान १ गोल गरे । एक गोल आत्मघाती गोल रहेको थियो । ११औं मिनेटमा डेकलान राइसको कर्नरमा गोल गर्दै गाब्रिएलले खेलमा अग्रता दिलाएका थिए ।
३७औं मिनेटमा बुकायो साकाको कर्नरमा गाब्रिएल कै हेडर गोलरक्षक डिन हेन्डरसनले आफ्नै पोष्टमा आत्मघाती गोल गरेका थिए । ५९औं मिनेटमा काउन्टर अट्याकमा आर्सनलले तेस्रो गोल गर्यो । गाब्रिएल जिससको पासमा ट्रोसार्डले गोल गर्दै अग्रता ३–० बनाएका थिए ।
त्यसपछि २ गोल भने पछि मैदान प्रवेश गरेका मार्टिनेलीले गरेका थिए । उनले इन्ज्युरी समयको चौथो र पाँचौं मिनेटमा गोल गर्दै अन्तरलाई फराकिलो पारेका थिए । २१ खेलमा ४३ अंक जोडेको आर्सनल अंकतालिकाको तेस्रो स्थानमा छ । एक खेलेका शीर्षस्थानको लिभरपुलको ४५ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४३ अंक छ । प्यालेस २१ अंकका साथ १४ औं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]