default_image

9 years ago

January 26, 2017

आहा! राराको सेमिफाइनलमा मनाङ र संकटा भिड्दै

145 views

0 Bookmark

पोखरा(हाम्रो खेलकुद) – १५औं आहा! रारा गोल्डकपको दोश्रो सेमिफाइनल खेलमा आज लक्ष्मी हुन्डाई मनाङ मर्श्यन्ग्दी क्लब र संकटा क्लब भिड्दै छन्।

mmc

यसअघि यसै प्रतियोगिताको पछिल्ला संस्करणमा दुइ पटक आमने-सामने भइसकेका यी दुई टोलीको खेलमा दुवैपटक मनाङले बाजी मारेको थियो। सन् २००५ र सन् २०१४को क्वार्टरफाइनलमा मनाङले संकटालाइ समान २-०को अन्तरले पराजित गरेको थियो।

प्रतिष्ठित आहा! रारा गोल्डकपको उपाधि पहिलोपल्ट जित्ने सुरमा रहेको संकटाले यसअघि क्वार्टरफाइनलमा नारायणगज एफसीलाइ पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।  मनाङले भने धरान एफ.सी.लाई ४-१ले हराउदै सेमिफाइनलमा स्थान बनाएको थियो।

खेल दिनको २:३० बजे पोखरा रंगशालामा सुरु हुनेछ। यस खेलको विजेताले शनिबार हुने फाइनलखेलमा आयोजाक साहाराको सामना गर्नेछ। साहाराले पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको थियो।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.