2 years ago
January 21, 2024
पोखरा (हाम्रो खेलकुद) – सहारा क्लबको आयोजनामा मंगलबार सुरु हुने २३ औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा २८ लाख रुपैयाँ भन्दा बढी पुरस्कार दिइने भएको छ ।
पोखरा रंगशालामा माघ ९ देखि २० गते सम्म सन्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । सहभागी टालीले हरेक खेलमा प्रोत्साहन रकम पाउने आइतबार आयोजित पत्रकार सम्मेलनमा सहारा क्लबले जनाएको छ ।
प्रि– क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्तत गर्नेछन् । यसरी सबै पुरस्कार राशी २८ लाख ३२ हजार ५ सय ५५ रुपैयाँको हुनेछ । साथै प्रतियोगितामा सहभागी सबै टोलीको दैनिक भत्ता र आतेजाते यातायात खर्च आयोजक सहाराले व्यहोर्ने बताइएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहँदै आएको छ । पोखरा महानगरपालिका संरक्षक, उप–प्रायोजक पोखरा महानरपालिका वडा.न. ९, लाइभ ब्रोडकाष्टिङ पार्टनर डिस होमको एक्सन स्पोर्टस रहेको बताइएको छ ।
सहाराले प्रि–क्वाटर, र क्वाटरफाइनलका खेलहरुको साधारण तर्फ १ सय भिआईपी तर्फ २ सय तथा सेमिफाइनलमा साधारणतर्फ २ सय र भिआईपी तर्फ ४ सय रुपैयाँ टिकट दर तोकेको छ । त्यस्तै फाइनलमा साधारण तर्फ ३ सय र भिआईपी तर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ ।
२३ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।
विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा–१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ । हाल एकेडेमीको चौथो व्याचमा ८ जिल्लाका १४ बालकहरु आश्रित छन् ।
यसपटक आहा गोल्ड कपमा ९ ए डिभिजन क्लब, भुटानको पारो एफसीसहित १२ टोलीको सहभागिता रहनेछ ।

December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]