2 years ago
January 22, 2024
एजेन्सी – ९ खेलाडीमा सिमित किर्गिस्तानमाथि जित निकाल्दै उपाधि दावेदार मध्ये एक साउदी अरेबिया कतारमा जारी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
लगातार दोस्रो जित निकाल्ने क्रममा २–० को जित निकाल्दै साउदीले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो । खेलको नवौं मिनेटमा नै अइजार अक्माटोभले रातो कार्ड पाएपछि किर्गिस्तान दश जनामा सिमित भएको थियो ।
त्यसको फाइदा उठाउँदै ३५औं मिनेटमा साउदीले अग्रता लियो । साउद अब्दुलहामिदको पासमा मोहम्मद कान्नोले गोल गर्दै बलियो मानिएको साउदीले खेलमा अग्रता लियो । ५२औं मिनेटमा किमी मर्कले पनि रातो कार्ड पाएपछि किर्गिस्तान नौं जनामा सिमित भएको थियो ।
तर साउदीले दुई जनाको अग्रता भएपनि दोस्रो गोल गर्दा भने ८४औं मिनेट सम्म कुर्नु परेको थियो । फैसल अल(घाम्दीले गोल गर्दै साउदीको जित सुनिश्चित गरेका थिए ।
समूह एफमा रहेको साउदीको दुई खेलमा ६ अंक भएको छ । दोस्रो स्थानमा रहेको थाइल्याण्डको दुई खेलमा ४ अंक छ । ओमानको १ अंक रहँदा किर्गिस्तान अंकविहिन छ ।
समूह चरणको अन्तिम खेलमा साउदीले बिहीबार थाइल्याण्ड सँग खेल्ने छ भने सोही समयमा ओमान र किर्गिस्तान लनी भिड्ने छन् ।
भोलि देखि समूह चरणका अन्तिम खेलहरु सुरु हुँदै छन् । भोलि समूह ए अन्तर्गत ८स्४५ बजे कतारले चीनको सामना गर्दा ताजिकिस्तान र लेबनान पनि एक अर्कासँग भिड्ने छन् ।
स्मरण रहोस्, हरेक समूह विजेता र उपविजेता सहित उत्कृष्ट चार तेस्रो स्थान हासिल गर्ने टोलीले पनि अन्तिम १६ मा स्थान पक्का गर्ने छन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]