2 years ago
January 23, 2024
दिपक बोहोरा, इलाम
पाँचथर फुटबल क्लब इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एनएसएल टोली बुटवल लुम्बिनी एफसीलाई मंगलबार टाइब्रेकरमा ४–३ ले हराउँदै पाँचथरले अन्तिम चारमा स्थान बनाएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएको थियो । चौथो मिनेटमै कप्तान रोशन आङदेम्बेले गोलबाट पाँचथरले अग्रता बनाएको थियो । लुम्बिनी खेलमा फर्किन ३६औँ मिनेट पर्खिनु परेको थियो । उसका लागि विदेशी खेलाडी स्टेफनले बराबरी गोल गरे ।
तर, त्यसको तीन मिनेटपछि पाँचथरका सिमान्त थापाले गोल गर्दै पुनः टोलीलाई २–१ ले अग्रता दिलाए । मार्टिन्सले लुम्बिनीका लागि ५३औं मिनेट फ्रिकिकबाट सुन्दर गोल गर्दै खेल बराबरी पुर्याएका थिए । त्यसपछि खेलमा गोल भएन र खेल टाइब्रकेरमा गयो ।
टाइब्रेकरमा पाँचथरले वाजी माार्यो । पाँचथरका लागि अशोक खवास, सुनिल खड्का, मन्जिल खड्का र रोमन भुजेलले गोल गरे । सिमान्त थापाको प्रहार विपक्षी गोलरक्षक मोस्सीले रोके । लुम्बिनीका चन्दन दास, विकास लामा र मार्टिन्सले गोल गरे । जनक कोइरालाको प्रहार पाँचथरका गोलरक्षक प्रमिजय गच्छदारले रोके भने अनिल महर्जनको प्रहार आकाशिएको थियो ।
म्यान अफ दी म्याच पाँचथरका कप्तान रोशन आङदेम्बेले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । रेड हर्स फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार ए डिभिजन टोली एनआरटीले आयोजक टोलीको सामना गर्नेछ । गोल्डकप विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]