default_image

2 years ago

January 24, 2024

इलाम गोल्डकप – एनआरटी उपाधि नजिक

1049 views

0 Bookmark

दिपक बोहरा,इलाम
ए डिभिजन टोली एनआरटी प्रथम एनआरएनए इलाम गोल्कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

पहिलो सेमिफाइनल बुधबार आयोजक रेडहर्स क्लब इलामलाई सडन डेथमा हराउदै एनआरटी फाइनल पुगेको हो ।

निर्धारित समयमा १-१ र टाइब्रेकरमा ३-३ को बराबरीपछि सडन डेथमा एनआरटीले बाजी मारेको हो ।
सडन डेथमा भने आोजक टोलीका एकराज बुढाथोकीको प्रहार आकाशियो । एनआरटीका राजीव लोप्चनको प्रहार गोलमा परिणत भयो र टोलीले फाइनल यात्रा तय गर्यो।

ठूलो टुडिखेलमा भएको खेलमा अन्तिम दुई मिनेट सम्हालिन नसक्दा आयोजक रेडहर्ष फाइनल पुग्नबाट बञ्चित भयो।

प्रतिस्पर्धात्मक खेलको ४२औैं मिनेटमा कप्तान नवयुग श्रेष्ठको गोलबाट आयोजक टोलीले अग्रता लिएको लिएको थियो । खेलको ८८औं एनआरटीका लागि ग्लोरीले गोल गर्दै खेलमा फर्काए ।

टाइब्रेकरमा आयोजकका लागि विशाल घलान, पिकेश लोक्ताम, शरण विक्राम सिंह बस्नेतले गोल‌गरे । नवयुग श्रेष्ठ र छिरिङ गुरुङको प्रहार एनआरटीका गोलरक्षक प्रिसोले रोके ।

एनआरटीका प्रिसो, जय गुरुङ, सुमित श्रेष्ठले गोलमा‌ गरे ।सनम लिम्बूको प्रहार क्रस बारमा लाग्दै बाहिरियो भने ग्लोरीको प्रहार आयोजकका गोलरक्षक विवेक मगरले रोके। एनआरटीका गोलरक्षक प्रिसो म्यान अफ दी म्याच बने र उनले ५ हजार रुपैयाँ प्राप्त गरे।

गोल्डकपमा भोली (बिहीबार) झापाको बिर्तामोड युनाइटेडले पाँचथर एफसीसँग दोस्रो सेमिफाइनल खेल्नेछ । गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.