2 years ago
January 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीले
काठमाडौं महागनरपालिकाको सहयोगमा शनिबारदेखि फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

युवा खेलाडीको उत्पादन उद्देश्य राखेर ग्रास रुट स्तरको यो फ्रशिक्षण कार्यक्रम सुरु गरिएको हो । कार्यत्रम लैनलोर युवा क्लब र बाँसबारी क्लबको संयुक्त सहकार्यमा सुरु भएको हो ।
प्रशिक्षक प्रत्येक शनिबार र विदाको दिन संचालन हुने बताइएको छ। यसमा ८ देखि १४ वर्षसम्मका १ सय २५ खेलाडीको सहभागिता रहेको छ । त्यसमध्ये १९ बालिका रहेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले मुख्य प्रशिक्षक विराटकृष्ण श्रेष्ठलाई बल हस्तान्तरण गर्दै कार्यक्रममा सुरु गरे ।
वरिष्ठ प्रशिक्षक श्रेष्ठलाई हरिओम श्रेष्ठ, चेतनारायण श्रेष्ठ, अर्जुन लामा, प्रकाश बैद्य, सुरेश शाही र दामोदर शिल्पकारले सहयोग गर्नेछन् । आयोजक क्लबका अध्यक्ष सुरेश शाक्यले प्रशिक्षण कार्यक्रमले काठमाडौं उपत्यकाबाट फुटबल खेलाडी उत्पादन हुने प्रक्रियामा सहयोग पुग्ने विश्वास रहेको बताएका छन्।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]