2 years ago
January 28, 2024
एजेन्सी – अष्ट्रेलिया कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । आईतबार साँझ भएको पहिलो प्रि-क्वाटरफाइनलमा इन्डोनेसिया माथि ४-० को फराकिलो जित सहित २०१५ को विजेता अष्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको हो ।
११औं मिनेटमा इन्डोनेसियाका एलकान बाग्गोटको आत्मघाती गोलको मद्दतले अष्ट्रेलियाले खेलमा सुरुवाती अग्रता लिएको थियो । ज्याक्सन अरभाइनको प्रहार उनले आफ्नै पोस्टमा हालेका थिए ।
खेलको ४५औं मिनेटमा अष्ट्रेलियाले दोस्रो गोल गर्यो । गेथिन जोन्सको सटिक पासमा मार्टिन बोएलले हेडर मार्फत गोल गर्दै अग्रता दोब्बर बनाए ।
थप दुई गोल भने खेलको अन्त तर्फ आएको थियो । ८९औं मिनेटमा अरभाइनको प्रहार एरनाण्डो सुटारयादीले क्रेग गुडविनको तर्फ फालेपछि उनले सहजै गोल गरे ।
इन्ज्युरी समयको पहिलो मिनेटमा गुडविनको क्रसमा डिफेन्डर ह्यारी सुट्टारले गोल गर्दै चौथो गोल गरे ।
अष्ट्रेलियाले अब क्वाटरफाइनलमा साउदी अरेबिया र दक्षिण कोरिया बीचको खेलको विजेता विरुद्ध खेल्ने छ ।
आज नै हुने दोस्रो प्रि-क्वाटरफाइनलमा ताजिकिस्तान र युएई भिड्ने छन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]