default_image

2 years ago

January 29, 2024

यु १९ फुटबल टोली बुधबार बंगलादेश जाने

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- बंगलादेशमा हुने साफ यु १९ महिला च्याम्पियनसिपमा भाग लिन बुधबार त्यसतर्फ जाने भएको छ ।

टोलीका मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले माघ १९ देखि २५ सम्म हुने प्रतियोगिताका लागि प्रतिस्पर्धा गर्ने २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिन लिग आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

यु १९ टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र श्यामसुन्दर सिंह, गोलकिपिङ प्रशिक्षक शैलेश कर्माचार्य तथा व्यवस्थापकमा इन्दु दुवाल छन् ।  यस्तै टोलीको फिजियोमा प्रिया लामा, अफिसियलका मनीष शाक्य र टोली नेतामा सुशील सुवेदी छन् । 

नेपालले माघ १९ गते घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्यिनसिपको यात्रा सुरु गर्नेछ । दोस्रो खेल भुटानसँग माघ २१ मा खेल्ने नेपालले तेस्रो तथा अन्तिम खेलमा भारतसँग माघ २३ गते खेल्नेछ । फाइनल माघ २५ गते हुनेछ । सबै खेल ढाका स्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशालामा हुने छ ।

अखिल नेपाल फुटबल संघका‌ अध्यक्ष पंकज विक्रम नेम्वाङ, सदस्य पेमा डोल्मा लामालगायतले सोमबार टोलीको विदाइ गरेका थिए।

नेपाली यु १९ महिला फुटबल टोली

गोलकिपर: सुजता तामाङ, करुणा बुढाथोकी, लिला जोशी

डिफेन्डर: दिव्या यसमाली महर, सिता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई, माया मास्के

मिडफिल्डर: बिर्सना चौधरी, झुमा विश्वकर्मा, सराह बज्राचार्य (कप्तान) , सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ

फरवार्ड: सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर, सजिना स्याङतान

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.