2 years ago
January 30, 2024
एजेन्सी – प्यालेस्टाइनविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै घरेलु टोली कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
३७औं मिनेटमा ओडे दब्बाघको गोलबाट प्यालेस्टाइनले अग्रता लिएको थियो । तर, कतार पहिलो हाफमा नै खेलमा बराबरी गर्न सफल भएको थियो। इन्ज्युरी समयको छैटौं मिनेटमा हसन अल हेयदसले बराबरी गोल फर्काएका थिए ।
४९ औं मिनेटमा प्राप्त पेनाल्टीलाई आक्राम अफिफले गोलमा परिणत गरेपछि कतारले अग्रता बनाएको थियो। त्यसलाई जोगाउँदै आयोजक टोली अन्तिम आठमा पुगेको थियो।
एसियन कपमा आज दुई प्रि क्वाटरफाइनलमा खेल हुनेछन् । नेपाली समयअनुसार साँझ ५:१५ बजे उज्वेकिस्तान र थाइल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। राति ९:४५ मा साउदी अरेबिया र दक्षिण कोरियाले एकअर्काको सामना गर्नेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]