2 years ago
January 31, 2024
एजेन्सी – दुई दाबेदार मानिएका टोली बीचको खेलमा साउदी अरेबिया माथि टाईब्रेकरमा जित हासिल गर्दै दक्षिण कोरिया कतारमा जारी एसियन कपको क्वाटरफाइनमा प्रवेश गरेको छ । टाईब्रेकरमा ४-२ को जित निकाल्दै दक्षिण कोरियाले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको थियो । लगातार आक्रमण बुनिरहेको कोरियाले इन्ज्युरी समयको नवौं मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेको थियो ।
गुए-सुङ चोले इन्ज्युरी समयको नवौं मिनेटमा हेडर मार्फत गोल गर्दै दक्षिण कोरियाको एसियन कप यात्रा जोगाएका थिए । त्यसअघि दोस्रो हाफको पहिलो मिनेटमा नै साउदी अरेबियाका अब्दुल्लाह रदिफले गोल गर्दै अग्रता दिलाएका थिए ।
टाइब्रेकरमा साउदीका दुई खेलाडीको पेनाल्टी ह्युन-वु चोले बचाउन सफल भए । उनले समी अल-नजेई र अब्दुलरहमान घरिबको पेनाल्टी रोक्न सफल भएका थिए ।
दक्षिण कोरियाले अब क्वाटरफाइनलमा अर्को दाबेदार टोली अष्ट्रेलियाको सामना गर्ने छ ।
बुधबार एसियन कपमा प्रि-क्वाटरफाइनलमा थप दुई खेल हुँदै छन् । साँझ ५:१५ बजे बहराइन र जापान भिड्ने छन् भने राति ९:४५ बजे इरान र सिरिया खेल्ने छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]