default_image

2 years ago

February 1, 2024

रोकेको गोलमा बार्सिलोनाको जित

1401 views

0 Bookmark

एजेन्सी – युवा ब्राजिलियन खेलाडी भिटर रोकेको पहिलो गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत बुधबारको खेलमा ओसासुनालाई हराएको छ ।

रोकेले बेन्चबाट आएर गरेको गोलको मद्दतमा बार्सिलोनाले १-० को जित हासिल गरेको हो । चिर प्रतिद्वन्दी रियल म्याड्रिड भन्दा १० अंक र शीर्ष स्थानको जिरोना भन्दा ११ अंक पछाडि रहेर खेल सुरूवात गरेको बार्सिलोनाका रोकेले ६३औं मिनेटमा खेलको गोल गरे ।

उनले जोआओ क्यान्सेलोको क्रसमा हेडर मार्फत गोल गरेका थिए । त्यसको एक मिनेटमा अघि मात्रै उनी मैदान प्रवेश गरेका थिए। १-० ले पछि परेको ओसासुनाका उनाई लोपेज दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए ।

तर बार्सिलोनाले त्यसको फाइदा उठाएर थप गोल भने गर्न सकेन । बार्सिलोनाको २२ खेलमा ४७ अंक पुगेको छ। त्यत्तिनै खेलमा शीर्षस्थानको जिरोनाको ५५ र एक खेल कम खेलेको रियलको ५४ अंक छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.