2 years ago
February 1, 2024
एजेन्सी – इरानले पेनाल्टी सुटआउटमा सिरियालाई हराएसंगै कतारमा जारी एसियन कपको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
बुधबार राति अन्तिम प्रि क्वाटरफाइनलमा इरानले सिरिया माथि टाइब्रेकरमा ५-३ को जित निकालेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को र अतिरिक्त समयमा पनि सोही स्कोर रहेपछि खेल टाइब्रेकरमा गएको थियो।
टाइब्रेकरमा सिरियाका फहाद युसेफको पेनाल्टी इरान गोलरक्षक अलिरेजाले बचाएका थिए । निर्धारित समयमा ३४औं मिनेटमा मेहदी तरेमीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।
सिरियाका ओमार ख्रिविनले ६४औं मिनेटमा पेनाल्टीमा नै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । इरानले अब सेमिफाइनल प्रवेशका लागि जापान विरुद्ध खेल्ने छ ।
अन्य क्वाटरफाइनल खेलहरुमा कतारले उज्वेकिस्तान, ताजिकिस्तानले जोर्डन र अष्ट्रेलियाले दक्षिण कोरियाको सामना गर्नेछ ।
–अष्ट्रेलिया र दक्षिण कोरिया हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]