2 years ago
February 1, 2024
पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराको बिहीबार संयुक्त बैठक सम्पन्न भएको छ । पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकप अवसरमा पोखरा आएका सहारा युके, सहारा हङकङका अध्यक्षहरु, पदाधिकारीहरु लगायत सदस्यको स्वागत गर्दै बिहीबार संयुक्त बैठक बसेको हो ।
स्व. सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा भएको बैठकमा संस्थाको गतिविध एवं भावी योजना लगायतबारे छलफल भएको सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले बताए ।
छलफलमा सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, सहसचिव मन्जु गुरुङ राई, पूर्व अध्यक्ष कुसाङ गुरुङ, पञ्च गुरुङ, सल्लाहकार कृष्ण गुरुङ, मुछेत्र गुरुङ, लालकाजी गुरुङ, एफसी संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, सरिता श्रेष्ठ सहभागी थिइन् ।
यस्तै, डाइमन्ड बुद्धिस्ट सेन्टर युके अध्यक्ष एवं सहाराका सल्लाहकार योगेश गुरुङ, कार्यसमिति सदस्य देव गुरुङ, एसके गुरुङ, राम गुरुङ, गमहादुर गुरुङ, यशोदा गुरुङ, अशोक गुरुङ, भोज गुरुङ, मेजर रोज गुरुङ लगायत उपस्थित थिए । साथै सहाराका मानार्थ सदस्य महेश गुरुङ, लोक गुरुङ लगायत पनि सहभागी थिए ।

२०५५ सालमा स्थापित सहारा क्लबको सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलिया शाखा छन् । क्लबले पोखरा १७, दोबिल्लामा संचालन गरेको एकेडेमीमा चौंथो ब्याचमा ८ जिल्लाका १४ जना बालक आश्रित छन् । एकेडेमी संचालनका लागि क्लबले बर्सेनि फुटबल प्रतियोगिता गर्दै आएको छ ।
घरेलु फुटबलमा नियमितरुपमा सञ्चालन हुँदै आएको आहारारा पोखरा गोल्डकपको २३ औं संस्करण पोखरा रंगशालामा जारी छ । शनिबार हुने फाइनलमा विभागीय त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]