2 years ago
February 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पको टोलीबाट डेब्यु गर्ने सम्भावना रहेको छ ।
शीर्ष डिभिजन डी१ अर्किमा अन्तर्गत जारी खेलमा ग्वेंगाम्पले बोर्डोको सामना गर्दैछ । क्लबले साम्बालाई बेन्चमा समावेश गरेको छ । टोलीले उनलाई २८ नम्बर जर्सी दिएको छ । पहिलो हाफ चलिरहँदा ग्वेंगाम्पले अग्रता लिइसकेको छ ।

साम्बाले शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेसँगै उनले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने पक्का भएको हो । इजरायलको हापोएल रानानासँग फ्रान्सेली क्लबको सहमति भएपछि साम्बा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । युद्धका कारण इजरायल नफर्केकी साम्बाले त्यहाँ छोटो समयमा जमेको प्रभावले फ्रान्सको यात्रा सम्भव भएको थियो ।

ग्वेंगाम्प लिगको १२ खेलमा २ जित,२ बराबरी र ८ हारका साथ ८ अंक जोड्दै दशौं स्थानमा छ । बोर्डोको १२ खेलमा ५ अंक छ । १२ टोली सम्मिलित लिगमा अझै यो सिजन १० खेल बाँकी रहेको छ ।
फ्रान्सेली लिग महिला फुटबलमा विश्वकै उत्कृष्ट मध्यको एक मानिन्छ । ओलम्पिक लिओने र पेरिस सेन्ट जर्मेनमा विश्व स्तरीय फुटबलर खेल्छन् र च्याम्पियन्स लिगमा पनि दाबेदारी रहँदै आएको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]