default_image

2 years ago

February 4, 2024

साविक विजेता कतार एसियन कपको सेमीफाइनलमा

1645 views

0 Bookmark

एजेन्सी – गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि शनिबार साविक विजेता तथा जारी एसियन कपको आयोजक कतार सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ ।

बार्शामको उत्कृष्ट प्रदर्शनमा उज्वेकिस्तान माथि टाइब्रेकरमा ३-२ को जित निकाल्दै कतार अन्तिम चारमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । टाइब्रेकरमा बार्शामले उज्वेकिस्तानका अशुरमाटोभ अब्दिराहमाटोभ र माशारिपोभको पेनाल्टी रोक्न सफल भएका थिए ।

कतारका अल्मोएज अलीको पेनाल्टी पनि बचाउ भएको थियो भने अल्माहदी अल मुख्तरले पोस्टको माथि प्रहार गरेका थिए ।

त्यसअघि निर्धारित समयको २७औं उत्किर युसुपोभको आत्मघाती गोलको मद्दतमा कतारले खेलमा सुरुवाती अग्रता लिएको थियो । उज्वेकिस्तानका लागि ५९औं मिनेटमा ओदिलजोन खाम्रोबेकोभले बराबरी गोल गरेका थिए ।

कतारले अब फाइनल प्रवेशका लागि इरान विरुद्ध खेल्ने छ । इरानले शनिबार नै जापान माथि जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको छ । अर्को सेमिफाइनल जोर्डन र दक्षिण कोरिया बीच हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.