2 years ago
February 5, 2024
एन्जेसी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा रियल म्याड्रिडले आइतबार स्पेनिस ला लिगामा बराबरीमा चित्त बुझाउनु परेको छ । रियल र एटलेटिको म्याड्रिडले १-१ को बराबरी खेलेका छन्।
ब्राहिम डिएजको गोलमा रियलले २० औं मिनेटमा अग्रता लिएको थियो। तर इन्ज्युरी समयको तेस्रो मिनेटमा मार्कोस लोरेन्ट गोल फर्काउँदै रियललाई जितबाट रोकेका थिए।
बराबरीमा रोकिए पनि रियल २३ खेलमा ५८ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलमा जिरोना ५६ अंकका साथ दोस्रोमा छ ।
बार्सिलोना ५० अंकका साथ तेस्रो तथा एट्लेटिको ४८ अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]