2 years ago
February 6, 2024
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब हेटौंडामा जारी छैटौें सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनलमा मंगलबार थ्री स्टार क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो ।
आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेका दुई टोली हेटौंडामा पहिलो खेलमै पराजित भएको छ । आहा विजेता त्रिभुवन आर्मी फुटबल क्लब धनकुटाको राजारानी क्लबसँग सडन डेथमा पराजित भएको भोली पल्ट थ्री स्टार एपिएफसँग पराजित भएो छ ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको एकपक्षीय खेलमा एपिएफका लागि विदेशी खेलाडी एनिसेन्ट, सर्ज संग, अनिष महर्जन र प्रदीप लामाले गोल गरेका थिए । खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको हो ।
४५ औं मिनेटमा एनिसेटले फ्रिकिकमा गोल गर्दै एपिएफलाई अघि बढाए । थ्री स्टारका डिफेन्डर जीवन गुरुङले प्रदीपलाई फाउल गरेपछि एपिएफले फ्रिकिक पाएको थियो । खेलको ५४ औं मिनेटमा एअनिषले गोल गरे । दायाँबाट आएको क्रसलाई उनले हेडमार्फत गोल गरेका हुन् ।
५८ औं मिनेटमा प्रदीपले गोल गरे । प्रदीपकको प्रहार थ्री स्टारका गोलकिपरले अभिषेक बरालको हातमा पुगेपनि उनले फुत्काएपछि गोल भएको हो । खेलको ७७ औं मिनेटमा विदेशी खेलाडी सर्ज संगले चौथो गोल गरे । एपिएफका प्रदीप म्यान अफ दी म्याच बने र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले विजेताले १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]