default_image

2 years ago

February 7, 2024

कतार र इरान फाइनल प्रवेशका लागि भिड्दै

777 views

0 Bookmark

एजेन्सी – साविक विजेता कतार र तीन पटकको विजेता इरान कतारमा जारी एएफसी एसियन कपको फाइनल प्रवेशका लागि भिड्दै छन् । यो दोस्रो सेमिफाइनल खेल अल थुमामा स्टेडियममा बेलुका ८:४५ बजे सुरु हुने छ ।

कतार घरेलु भूमिमा उपाधि रक्षा गर्ने तघारमा छ । समूह चरणका सबै तीन खेल जितेर समूहमा पहिलो हुँदै अन्तिम १६ मा स्थान बनाएको कतारले अन्तिम १६ मा प्यालेस्टाइन माथि जित दर्ता गरेको थियो । क्वाटरफाइनलमा भने कतारले उज्वेकिस्तानलाई पेनाल्टी शूटआउटमा पराजित गरेको थियो ।

कतारका दुई प्रमुख खेलाडी हसन अल हेडोस र अक्रम अफिफ उच्च लयमा रहेका छन् ।

इरान पनि समूहमा सबै खेल जित्दै शीर्ष स्थान हासिल गरेर अन्तिम १६ मा प्रवेश गरेको थियो । अन्तिम १६ मा सिरिया माथि टाईब्रेकरमा जित हासिल गरेको इरानले क्वाटरफाइनलमा दावेदार जापान माथि अन्तिम समयमा गोल गर्दै जित हासिल गरेको थियो ।

आजको विजेताले फाइनलमा उपाधिका लागि जोर्डनको सामना गर्ने छ । जोर्डन मंगलबार दक्षिण कोरिया माथि सानदार जित दर्ता गर्दै फाइनल प्रवेश गरिसकेको छ । यो जोर्डनको इतिहासमा पहिलो फाइनल समेत रहेको छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.