2 years ago
February 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबले एन्फा यु-१६ लिगको उपाधि जितेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब विरुद्ध २-१ को जित सँगै मछिन्द्र क्लबले लिग उपाधि पक्का गरेको हो ।

पहिलो हाफमा पछि परेको अवस्थामा दोस्रो हाफमा दुई गोल गर्दै मछिन्द्रले जित निकालेको थियो । मछिन्द्रले १८ खेलमा ३८ अंक पुर्याएको छ । दोस्रो स्थान हासिल गरेको नेपाल एपिएफ क्लबको १८ खेलमा ३५ अंक रहेको छ ।
आजका खेल अघि मछिन्द्र क्लब र संकटा क्लब दुवैको आँखा उपाधिमा अडिएको थियो । च्यासल रंगशालामा नेपाल पुलिस क्लब विरुद्धको खेल अघि संकटा ३३ अंकमा रहेको थियो ।
यस खेल अघि ३५ अंक रहेको मछिन्द्रले हार बेहोरेमा र संकटाले जित हासिल गरेमा संकटाले उपाधि जित्ने थियो । तर संकटा पुलिस विरुद्ध ६-२ ले पराजित भएसँगै उपाधि जित्ने कुनै सम्भावना रहेन ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]