default_image

3 weeks ago

February 7, 2024

आयोजक कतार एसियन कपको फाइनलमा

एजेन्सी – आयोजक कतार एएफसी एसियन कपको फाइनलमा पुगेको छ । इरानलाई बुधबार ३–२ ले हराउँदै कतार अन्तिम दुईमा पुगेको हो । उपाधि रक्षाका लागि कतारले अब फाइनलमा जोर्डनको सामना गर्नेछ । अलमोएज अलिले ८२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । चौथो मिनेटमै सरदार अजमोनको गोलबाट इरानले अग्रता लिएको थियो । १७ […]

2255 views

0 Bookmark

एजेन्सी – आयोजक कतार एएफसी एसियन कपको फाइनलमा पुगेको छ । इरानलाई बुधबार ३–२ ले हराउँदै कतार अन्तिम दुईमा पुगेको हो । उपाधि रक्षाका लागि कतारले अब फाइनलमा जोर्डनको सामना गर्नेछ ।

अलमोएज अलिले ८२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । चौथो मिनेटमै सरदार अजमोनको गोलबाट इरानले अग्रता लिएको थियो । १७ औं मिनेटमा जेसिम गाबेर अब्दुलसालमले बराबरी गोल गोल गरेका थिए ।

अक्रम अफिफ ४३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै कतारलाई २–१ ले अगाडि बढेको थियो । अलिरेजा जाहानबाक्सले पेनाल्टीमा ५१ औं मिनेट बराबरी गोल गरे ।

१३ मिनेट थपिएको इन्ज्युरी समयको तेस्रो मिनेटमा इरान १० खेलाडीमा सिमित भएको थियो । सोजे खालिजाडेह रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो ।

March 1, 2024

एन्फाको घोषणा – महिला टोलीका खेलाडीलाई‌ जनही ५१ हजार

काठमाडौं (हाम्रो खेलकुद) – वाफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई‌ जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेको छ। साउदी अरेबियाबाट आज (शुक्रबार) स्वदेश आइपुगेको‌ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले जनही ५१ हजार दिने घोषणा गरेका हुन् । साउदी जानु अघि नै […]

March 1, 2024

बनेपामा मेयर कप फुटबल सुरु

बनेपा (हाम्रो खेलकुद) – काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकाको आयोजना तथा वडा नम्बर ८ को संयोजनमा चौथा मेयर कप फुटबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ८ ले वडा नम्बर ६ लाई २–१ ले हराएको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख र […]

March 1, 2024

यु-१६ महिला साफमा भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – भारतले काठमाडौंमा आजदेखि सुरु भएको साफ यु-१६ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्समा भएको उद्दघाटन खेलमा भारतले भुटान माथि ७-० को फराकिलो जित निकालेको हो । भारतको जितमा अनुष्का कुमारीले ह्याट्रिक प्रहार गरिन् । यस्तै पर्ल फर्नान्डेजले दुई गोल गरिन् भने कप्तान श्वेता रानी अन्विता रघुरमनले समान एक-एक […]

Success

Thank you for your time.