2 years ago
February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा बिहीबार लिटिल एन्जल्स स्कुल हात्तिवन र नेपाल पुलिस स्कुल साँगा विजयी भएका छन्।
कीर्तिपुरस्थित एपिएफ स्कुलको मैदानमा भएको समूह चरणमा लिटिल एन्जल्सले ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुरलाई ११-० ले हराएको छ ।
टोलीको जितमा प्रसुन तुलाधरले ह्याट्रिक, कृयुष डंगोल र ओस्कार लामाले समान २ गोल, अनमोल सुब्बा १, निश्चल नेपाली,शिलभम मगरले समान १ गोल गरेका थिए। १ गोल आत्मघाती भएको थियो । विजयी टोलीका प्रशुन तुलाधर म्यान अफ दि म्याच घोषित भए ।
अर्को खेलमा पुलिस स्कुलले काव्या स्कुल, बुद्धनगर काठमाण्डौलाई ६-१ ले पराजित गर्यो। पुलिस स्कुलबाटका लागि प्रशान्त मोक्तान, किस्मत राज गिरी, प्रज्वल हुमागाई, नसिव हेनजन, राज दर्जीले समान १ गोल गरेका थिए । पुलिसका प्रशान्त मोक्तान म्यान अफ दि चुनिए।
प्रतियोगितामा शुक्रबार हारती शिक्षा मन्दिर सितापाईला र राई स्कुल नक्साल, ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थ र नेपालय हाईयर सेकेण्डरी स्कुल कलंकी तथा
मनकामना सेकेण्डरी स्कुल, जोरपाटी र नेपाल एपीएफ स्कुल, कीर्तिपुरबीच खेल हुनेछ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]