2 years ago
February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि फाइनलमा ‘क्वाइन टस’ मार्फत जितेको छ ।
निर्धारित ९० मिनेट १-१ को बराबरी र त्यसपछि टाइब्रेकर र सडन डेथमा ११ खेलाडीको प्रहारमा पनि बराबर भएपछि खेलको नतिजा क्वाइन टसमार्फत भएको थियो । भारतले क्वाइन टस जित्दै उपाधि जितेको हो । तर बंगलादेशको टोली भने नतिजाको विरोध गर्दै मैदान छोड्न मानिरहेको छैन । बिहीबार साँझ भएको फाइनलमा पाहुना टोली भारतले अग्रता लिएको थियो ।
नितु लिन्डाले आठौं मिनेटमा गोल गर्दै भारतलाई अघि बढाएकी थिइन् । तर खेलको अन्तिम समयमा बंगलादेशले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा पुग्यो । दुबै टोलीले टाइब्रेकरमा बराबर गरेपछि खेलको निर्णय क्वाइन टसमा लिइएको थियो ।
नेपाली रेफ्री अन्जना राईले गरेको टसमा भारत विजयी भएपछि उपाधि भारतले जितेको हो । तर असन्तुष्ट बंगलादेशले भने खेल सकिएको ३० मिनेट बितिसक्दा पनि मैदान छोड्न मानिरहेको छैन ।
नेपाल भने प्रतियोगिताको समूह चरणबाट बाहिरिसकेको थियो । नेपालले समूह चरणमा भुटानलाई १-० ले हराउँदा भारत र बंगलादेशसँग भने पराजित भएको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]