2 years ago
February 9, 2024
हेटौंडा (हाम्रो खेलकुद) – एनआरटी र नेपाल एपिएफ फुटबल क्लब दुबै टोलीले अन्तिम समयमा छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा प्रवेश पाएका थिए ।
साविक विजेता मनाङ मस्र्याङ्दी क्लब नआउने भएपछि एपिएफ र संकटा क्लब नआएपछि एनआरटीलाई आयोजक मकवानपुर जिल्ला फुटबल संघले हेटौंडा आउन निम्ता दिएको थियो।
पहिलो रोजाईमा नपरेका यिनै दुई टोलीले गौरीटार रंगशालामा शनिबार हुने मकवानपुर गोल्डकपको फाइनलमा एकअर्काको सामना गर्दैछन्। दुई मध्ये जसले जितेपनि मकवानपुर गोल्डकपमा पहिलो पटक च्याम्पियन बन्नेछ।
शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा एपिएफ र एनआरटीका प्रशिक्षकले पहिलो पटक मकवानपुर गोल्डकपमा टोलीको नाम लेखाउन तत्पर रहेको सुनाए । माघ १३ गते ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि जितेर एनआरटी सिजनको दोस्रो उपाधि जित्ने लक्ष्यसहित हेटौंडा आएको थियो ।
एनआरटीका प्रशिक्षक जीवन सिकेंमानले एक खेलमा ३–० को स्पष्ट जित र दुई खेलमा टाईब्रेकरमा विजयी हुँदै फाइनल आइपुगे पछि खेलाडीप्रति विश्वास गर्दै उपाधि जित्नेमा आशावादी छन् । उनले भने ‘एपीएफ राम्रो स्थितिमा छ । एनआरटी कमजोर टिम हैन । उत्कृष्ट खेलाडी छन् ।’
प्रि–क्वाटरफाइनलमा हिमालयन शेर्पालाई ३–० हराएको एनआरटीले क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४–३ को जित निकालेको थियो । फाइनल प्रवेशका लागि एनआरटीले सडन डेथमा धनकुटाको राजारानी क्लबलाई हराएको थियो।
एनआरटीलाई फाइनलमा रोक्न टोलीले भरपुर प्रयास गर्ने यसै महिनाको सुरुवातमा एपिएफमा आबद्ध भएका प्रशिक्षक सुमन श्रेष्ठले बताए । श्रेष्ठले एपिएफ राम्रो लयमा रहेकोले उपाधि जित्नेमा विश्वस्त रहेको बताए । प्रशिक्षकको रुपमा श्रेष्ठको दोस्रो फाइनल स्पर्धा हो । उनी पाँचौं संस्करणमा हिमालयन शेर्पाको प्रशिक्षक थिए । त्यतिबेला शेर्पा मनाङ मर्याङ्दीसँग पराजित भएको थियो ।
प्रि–क्वाटरफाइनल मछिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराएको एपिएफ क्वाटरफाइनलमा थ्री स्टार क्लब ४–० निराश बनाएको थियो। सेमिफाइनलमा बागमती क्लब सर्लाहीलाई ४–० ले हराउँदै एपिएफले एनआरटीसँगको भेट पक्का गरेको थियो ।
२०६२/६३ को जनआन्दोलनका शहिदहरुको स्मृतिमा २०६४ मा आयोजित गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो । त्यसपछि १३ वर्षसम्म प्रतियोगिता हुन सकेन । २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।
२०७७ सालबाट जिल्लाका १० वटा स्थानीय तहले निरन्तर सहयोग गर्ने भएपछि मकवानपुर फुटबल संघले ‘स्थानीय तह सहिद स्मृति गोल्डकप’ नामकरण गरी प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।
२०७७ सालमा भएको तेस्रो संस्करण र त्यसपछिको चौथो संस्करणको उपाधि आर्मीले जितेको थियो । पाँचौं संस्करणको उपाधि मनाङ मर्याङ्दीले जितेको थियो ।
यसवर्षदेखि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्लाका १० वटै पालिकाले प्रायोजन गरेको गोल्डकपको विजेताले १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]