2 years ago
February 12, 2024
एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार साँझ भएको खेलमा आर्सनलले वेस्ट व्यम विरुद्ध ६-० को फराकिलो जित हासिल गरेको छ । आर्सनलको जितमा बुकायो साकाले दुई तथा विलियम सालिबा, गाब्रिएल माघालेस, लियान्ड्रो ट्रोसार्ड र डेकलान राइसले एक एक गोल गरे ।
३२औं मिनेटमा राइसको कर्नर किकका हेडरमार्फत गोल गर्दै सालिबाले आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । ४१औं मिनेटमा साकाले अग्रता दोब्बर बनाए । वेस्ट ह्यामका गोलकिपर अल्फोन्सो आरिओलाले साकामाथि नै फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै उनले नै गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
४४औं मिनेटमा राइसकै क्रसमा गाब्रिएलले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा मार्टिन ओडेगार्डको पासमा ट्रोसार्डले गोल गर्दै पहिलो हाफमा नै अग्रता चार गोलको बनाए ।
दोस्रो हाफमा पनि आर्सनलले दुई गोल थप्न सफल भयो । ६३औं मिनेटमा ओडेगार्डको पासमा साकाले व्यक्तिगत दोस्रो गाेल गर्दै अग्रता पाँच गोलको बनाए । त्यसको दुई मिनेटपछि राइसले आफ्नो पूर्व टोली विरुद्ध गोल गर्दै खेलको छैठौं गोल गरे ।
जित पछि आर्सनल २४ खेलमा ५२ अंक सहित तेस्रो स्थानमा यथावत छ । ५२ अंक सहित एक खेल कम खेलेको म्यानचेस्टर सिटी दोस्रो छ । पहिलो स्थानमा रहेको लिभरपुलको २४ खेलमा ५४ अंक छ ।
वेस्ट ह्याम भने २४ खेलमा ३६ अंक सहित आठौं स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]