2 years ago
February 12, 2024
एजेन्सी – आईतबार सम्पन्न इंग्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेडले जित दर्ता गरेको छ । एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा युनाइटेड २-१ ले विजयी भएको हो ।
खेलको १७औं मिनेटमा रास्मस होईलन्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । कर्नर किकमा ह्यारी मग्वायरको हेडर पश्चात उनले सिक्स यार्ड बक्सबाट गोल गरेका थिए ।
६७औं मिनेटमा डगलस लुइजले गोल गर्दै खेल बराबरीमा ल्याए । तर ८६औं मिनेटमा युनाइटेडले पुनः गोल गर्न सफल भयो ।
डियोगो डालोटको क्रसमा स्कट मक्टोमिनेले शक्तिशाली हेडर मार्फत गोल गर्दै युनाइटेडलाई जित दिलाउन सफल भए ।
जित पछि युनाइटेड २४ खेलमा ४१ अंक सहित तालिकाको चौथौ स्थानमा छ । भिल्ला भने समान २४ खेलमा ४६ अंक सहित युनाइटेड भन्दा एक स्थान माथि छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]