2 years ago
February 12, 2024
सुमन अधिकारी,बुटवल
अक्सफोर्ड माविले बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा सोमबार नवीन औद्योगिक माविलाई १–० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा विजयी अक्सफोर्डले उपाधिसँगै १ लाख रुपैयाँ र शिल्ड पाएको छ ।
दास्रो भएको नवीन औद्योगिक माविले ६० हजार तथा सेमिफाइनल पुग्ने उजिरसिंह मावि र एभरेष्ट माविले समान १८–१८ हजार रुपैयाँ प्राप्त गरेका छन् । अक्सफोर्ड माविका कप्तान सुजलमान घले सर्वोत्कृष्ट खेलाडी चुनिए ।
अक्सफोर्डका डेभिड थापा उत्कृष्ट गोलकिपर , रमित नाम्जाली मगर उत्कृष्ट मिडफिल्डर र अस्मित शर्मा सर्वाधिक गोलकर्ता बने । नवीन औद्योगिक माविका सन्दीप दर्जी उत्कृष्ट डिफेन्डर विजन सुर्यवंशीले उत्कृष्ट फरवार्ड बनेका थिए । सर्वोत्कृष्ट खेलाडीले १५ हजार अन्य उत्कृष्ट र सर्वाधिक गोलकर्ताले समान ८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विजेता तथा उत्कृष्ट खेलाडीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, म्याच कमिस्नर हरिप्रसाद श्रेष्ठलगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका संयोजक पियाले जानकारी दिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]