2 years ago
February 13, 2024
भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा मंगलबार दुबै खेल बराबरीमा टुंगिएको छ ।
मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसियसनको आयोजनामा सानो थिमिस्थित मैदानमा जारी लिगमा दिनको पहिलो खेलमा वडा नं. १ र वडा नं. ३ ले गोलरहित बराबरीमा खेलेका थिए । यस खेलमा वडा नं. ३ का गोलकिपर अमर श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।
वडा नं. २ र वडा नं. ८ को खेल भने १–१ को बराबरी भएको थियो । दोस्रो खेलमा वडा नं. २ ले खेलको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो । खेलको सातौं मिनेटमा सुजन सिपाई को गोलमा वडा नं. ८ ले अग्रता लिएको थियो । मैदानको बीच भागबाट सुशिल धेकेबाट आएको पासलाई दिपक बाँस दिएपछि सुजनले गोल गरेका थिए ।
९० औं मिनेटमा वडा नं. २ का उत्सव प्रधानले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा मैदान प्रवेश गरेका उत्सवले फ्रिकिकमा गोल गरेको थिए । गोल लगत्तै उत्सवले रातो कार्ड पाए । उनले विपक्षी टोलीको बेन्च अगाडि गएर गोलको खुसियाली मनाएपछि रेफ्रीले रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए ।
वडा नं. ८ का पुर्व राष्ट्रिय खेलाडी बालगोपाल साहुखलले पनि ९० औं मिनेटमा रातो कार्ड पाए । गोलको खुसियाली मनाउन आएका वडा नं. ३ का खेलाडी उत्सव माथि हातपात गर्न गएको आरोपमा बालगोपाललाई रेफ्रीले रातो कार्ड दिएका हुन् ।
प्रतियोगितामा बुधबार दिउँसो साढे १२ बजे पहिलो खेल वडा नं. ४ र वडा नं. ७ बीच तथा दोस्रो खेल दिउँसो साढे ३ बजे वडा नं. ५ र ६ बीच हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]