default_image

2 years ago

February 15, 2024

दीलिप राणा स्मृति भेट्रान फुटबलमा १८ टोली

428 views

0 Bookmark

सुशिल पन्त क्षेत्री, चितवन

स्व. पाचौं दीलिप राणा स्मृति अन्तराष्ट्रिय आमन्त्रण एट ए साइड भेट्रान फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा फागुन ७ देखि १२ गतेसम्म हुने प्रतियोगिताको तयारी लगभग पूरा भएको क्लबले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

कार्यक्रम संयोजक हरिप्रसाद भट्टले प्रतियोगितामा नेपाल र भारतका गरी १८ टोली सहभागी रहने जानकारी दिए । क्लबले आज नै खेल तालिका पनि सार्वजनिक गरेको छ । जस अनुसार नेपालका १७ र भारतको देहरादुन भेट्रान क्लब रहेको छ ।

प्रतियोगितामा नेपालबाट एनआरटी भेट्रान, भनीमण्डल क्लब जावलाखेल, थापागाँउ सुधार समिति भेट्रान, बगरभाई खलक पोखरा, वीरगञ्ज सिटी भेट्रान, हेटौंडा भेट्रान, बौद्ध भेट्रान काठमाडौं, बुढानिलकण्ठ भेट्रान, फ्रिडम फाइटर छन्।

त्यस्तै अभिषेक चर्च रजह, सिमरा भेट्रान, चावहिल भेट्रान, गोर्खा ब्वाइज भेट्रान, चितवन भेट्रान निलो, चितवन भेट्रान रातो र ताकामी भेट्रान रहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा अभिषेक चर्च रजहर र वीरगञ्ज सिटी भेट्रान भिड्नेछन् । चितवन भेट्रान निलो र हेटौंडा भेट्रान खेल्नेछन् । खेल भरतपुर ७ कृष्णपुरको रंगशालामा हुनेछ ।

यस वर्ष फरक शैलीमा प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष रविन्द्र श्रेष्ठले बताए । क्लबहरुले प्लेइङ सेटमा ४० वर्ष माथिका ३, ४५ वर्ष माथिका ३ र ५० माथिका २ गरी ८ खेलाडी समावेश गर्नुपर्नेछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ दि म्याचले १ हजार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले समान ५ हजार रुपैयाँ पाउनेछन् ।

देश र विदेशबाट खेलाडीहरु आउने भएकोले यसले भरतपुर भ्रमण वर्षको प्रवर्द्धनका लागि पनि टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो । प्रतियोगिताका मुख्य प्रायोजक स्व राणाका छोरा अभिनव राणाले बुवाको सम्झनामा हरेक वर्ष क्लबले गर्दै आएको प्रतियोगिताको प्रसंशा गरे ।

प्रतियोगिताका लागि भरतपुर महानगरपालिका र ग्रेस इन्टरनेशलले सह–प्रायोजकको रुपमा सहयोग गरेका छन् । क्लबले हरेक वर्ष स्व राणाको स्मृतिमा प्रतियोगिता आयोजना गर्दै आएको छ । स्व राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.