2 years ago
February 16, 2024
एजेन्सी – युरोपा लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम ३२ चरणको पहिलो लेगको खेलमा इटालियन टोली एसी मिलान विजयी भएको छ । मिलानले फ्रेन्च टोली रेनेस माथि ३-० को जित हात पारेको हो ।
मिलानका लागि इंग्लिश खेलाडी रुबेन लोफ्टस-चिकले खेलको ३२औं र ४७ औं मिनेटमा गरी दुई गोल गरे । यस्तै राफाएल लियाओले ५३औं मिनेटमा खेलको तेस्रो गोल गरे ।
यस्तै गएराति नै सम्पन्न खेलमा पोर्चुगिज टोली बेन्फिकाले फ्रेन्च टोली टूलुज माथि २-१ को जित निकाल्यो । बेन्फिकाका लागि एन्जेल डी मारियाले दुई गोल गरे । दोस्रो गोल इन्ज्युरी समयको आठौं मिनेटमा आएको थियो ।
अन्य नतिजा:
रोमा १-१ फेयनूर्ड
गालातासाराय ३-२ स्पार्टा प्राग
शाख्तर डोनेत्स्क २-२ मार्सेल
योङ ब्वाइज १-३ स्पोर्टिङ्ग लिस्बन
ब्रागा २-४ काराबाग
लेन्स ०-० फ्राईबर्ग
अन्तिम ३२ का दोस्रो लेगका आठ खेल अर्को हप्ता हुने छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]