2 years ago
February 20, 2024
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र फ्रान्स राष्ट्रिय टोलीका स्टार फरवार्ड किलियन एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिड जाने पक्का भएको छ । स्पेनी संचारमाध्यमका अनुसार रियलले एमबाप्पेसँग आउँदो जुलाई देखि २०२९ सम्मको सम्झौता गरेको छ ।
पिएसजीले बिहीबार एउटा विज्ञप्ति निकाली एमबाप्पेले यो सिजन पश्चात क्लब छोड्ने घोषणा गरेको थियो । फ्रेन्च सञ्चार माध्यमका अनुसार त्यसअघि एमबाप्पेले आफ्नो क्लब र सहकर्मीहरुलाई यो सिजनपछि क्लब संग आफ्नो सम्झाैता नवीकरण नगर्ने जानकारी दिएका थिए ।
एमबाप्पेलाई रियलले उनी अर्को फ्रेन्च क्लब मोनाकोमा हुँदादेखि क्लबमा भित्र्याउन चाहना राख्दथ्यो । तर उनी सन् २०१८ मा मोनाकोबाट १८० मिलियन यूरो ट्रान्सफर फि सहित पिएसजीमा अनुबन्ध भएका थिए । त्यसबेला उनी मात्र १८ वर्षका थिए ।
त्यसपछि रियलले लगभग हरेक वर्षमा एमबाप्पे भित्र्याउन चाहेको स्पेनी सञ्चार माध्यमले सार्वजनिक गर्ने गरेका थिए । २०२२ मा उनको पिएसजी सँगको सम्झौता सकिएको बेला उनी रियल जाने सम्भावना धेरै भएको आँकलन गरिएको थियो । तर उनी पिएसजीको प्रस्ताव स्वीकार्दै फ्रान्समै बसेका थिए ।
तर यसपटक भने उनको रियल जाने विषयले गति लिएको छ । स्पेनी सञ्चार माध्यमका अनुसार रियलले २०२२ मा गरेको प्रस्तावभन्दा अहिलेको प्रस्ताव आर्थिक रूपमा धेरै कम रहेको छ । तर त्यसका बाबजुद उनले रियलको प्रस्ताव स्वीकारेका छन् ।

एमबाप्पेले आफ्नो करियरमा ४ सय २६ खेल खेल्दै ३ सय १७ गोल गरेका छन् । फ्रेन्च शीर्ष डिभिजन लिग १ मा उनी १ सय ८५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा नवौं स्थानमा छन् । उनले लगातार ५ सिजन लिगको शीर्ष गोलकर्ताको उपाधि समेत पाएका छन् ।
उनी २४ वर्षमै पिएसजीको इतिहासमा २ सय ४४ गोलसहित सर्वाधिक गोलकर्ता समेत हुन् । युरोपेली च्याम्पियन्स लिगमा उनी २४ वर्षको उमेरमा नै ४४ गोल गरिसकेका छन् ।
उनले फ्रेन्च राष्ट्रिय टोलीका लागि ७३ खेलमा ४६ गोल गरेका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा ओलिभियर जिरुड (५६) र थियरी हेनरी (५१) भन्दा मात्र पछि रहेका छन् । २०१८ मा फ्रान्सले विश्वकप उचाल्दा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । २०२२ को विश्वकपमा फाइनलमा पराजित भएतापनि फाइनलमा ह्याट्रिक सहित ८ गोल गर्दै एमबाप्लेपेले गोल्डेन बुट जितेका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]