2 years ago
February 20, 2024
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब छैटौं बागमती गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मकवानपुरको बागमती–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा मंगलबार अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटलबल क्लबलाई १–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।
विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोलमा एपिएफ अन्तिम दुईमा पुगेको हो । फोफनाले तेस्रो मिनेटमा गोल गरेका थिए । एपिएफका बुद्धिमान राई खेलको म्यान अफ द म्याच चुनिएर उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

एपिएफले बिहीबार हुने फाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र सोमबार नै फाइनलमा पुगिसकेको छ ।
एनआरटीलाई हराउँदै माघ २८ गते एपिएफले हेटौंडामा स्थानीय निकाय सहिद स्मृति मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।
प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]