2 years ago
February 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा इराक विरुद्ध खेल्ने नेपाली महिला टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सिरिया विरुद्ध खेलेको सुरुवाती ११ नै आज उतार्ने छन् ।
नेपालको कप्तानी नियमित कप्तान गोलकिपर एन्जिल्ला तुम्बापो सुब्बाले नै गर्ने छिन् । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारीले फरवार्ड लाइन सम्हाल्नेछिन् । यस्तै भारतमा व्यवसायिक फुटबल खेलिरहेका ६ मध्य ५ खेलाडी सुरुवाती ११ मा छन् । ६ जना मध्य रश्मी कुमारी घिसिङ बेन्चमा छिन् ।
सुरुवाती ११: एन्जिला तुम्बापो सुब्बा (कप्तान, गोलकिपर), अमृता जैशी, गीता राना, हिरा कुमारी भुजेल, रेखा पौडेल, पूजा राना, अमिषा कार्की, दीपा शाही, सावित्रा भण्डारी, प्रिती राई, अनिता बस्नेत
नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको थियो । नेपालको जितमा अमिषा कार्की, सावित्रा भण्डारी, रेखा पौडेल र अनिता बस्नेतले समान एक एक गोल गरेका थिए । इराक भने पहिलो खेलमा प्यालेस्टाइनविरुद्ध ३-० ले पराजित भएको थियो ।
नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । नेपाल र प्यालेस्टाइन दुवैको समान ३-३ अंक रहेको छ ।
अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]