2 years ago
February 22, 2024
सुशिल पन्त क्षेत्री, भरतपुर
स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपमा सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागेको छ । बिहीबार क्वाटरफाइनलका तीन खेल भएका छन् । चाबहिल भेट्रान, एनआरटी एफसी भेट्रान र डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा चाबहिलले आयोजक चितवन भेट्रान निलोलाई ३–१ ले हरायो । चाबहिलको जितमा कप्ताम पासाङ शेर्पा र उज्वल श्रेष्ठले गोल गरे । चितवनले एक उपहार गोल पाएको थियो । चाबहिलका कप्तान शेर्पा म्यान अफ दि म्याच भए ।
दोस्रो खेलमा थापागाउँ सुधार समितिलाई पराजित गर्दै एनआरटी एफसी भेट्रान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा एनआरटी १–० ले विजयी भयो । उसको जितमा कप्ताम नरेन्द्रमान श्रेष्ठले निर्णायक गोल गरे । नरेन्द्र म्यान अफ दि म्याच भए ।
तेस्रो खेलमा डिफेन्डिङ च्याम्पियन फ्रीडम फाइटर विजयी भयो । फ्रिडम फाइटरले ठमेल ११ लाई सडन डेथमा पाखा लगायो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि २–२ भएपछि सडन डेथमा फ्रिडम फाइटर विजयी भयो ।
त्यसअघि निर्धारित समयमा खेलको पहिलो हाफको अन्तिम समयमा कन्यासुब्बा गुरुङले गोल गर्दै फ्रिडम फाइटरलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ठमेलले पेनाल्टी पाएको थियो । प्राप्त अवसरलाई सदुपयोग गर्दै प्रकाश रानाले बराबरी गोल फर्काए । फ्रिडम फाइटरका कन्यासुब्बा गुरुङ म्यान अफ दि म्याच भए ।

त्यस्तै अभिषेक चर्च रजहर र भनिमण्डल्न भेट्रान काठमाडौंबीचको चौथो क्वाटरफाइनल खेल भने वर्षाका कारण स्थगित भयो । असिनासहितको वर्षापछि खेल शुक्रबार बिहान खेलाउने गरि स्थगित गरिएको हो । उक्त खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।
यो खेलको विजेताले शुक्रबार नै फाइनल प्रवेशका लागि एनआरटीको सामना गर्नेछ । उक्त खेल दिउँसो ४ बजे हुनेछ । त्यसअघि दिउँसो २ बजे पहिलो सेमिफाइनलमा चाबहिल र फ्रिडम फाइटर भिड्नेछन् । फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख तथा दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]