default_image

2 years ago

February 22, 2024

दीलिप राणा स्मृति भेट्रान – सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लाग्यो

324 views

0 Bookmark


सुशिल पन्त क्षेत्री, भरतपुर

स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपमा सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागेको छ । बिहीबार क्वाटरफाइनलका तीन खेल भएका छन् । चाबहिल भेट्रान, एनआरटी एफसी भेट्रान र डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा चाबहिलले आयोजक चितवन भेट्रान निलोलाई ३–१ ले हरायो । चाबहिलको जितमा कप्ताम पासाङ शेर्पा र उज्वल श्रेष्ठले गोल गरे । चितवनले एक उपहार गोल पाएको थियो । चाबहिलका कप्तान शेर्पा म्यान अफ दि म्याच भए ।

दोस्रो खेलमा थापागाउँ सुधार समितिलाई पराजित गर्दै एनआरटी एफसी भेट्रान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा एनआरटी १–० ले विजयी भयो । उसको जितमा कप्ताम नरेन्द्रमान श्रेष्ठले निर्णायक गोल गरे । नरेन्द्र म्यान अफ दि म्याच भए ।

तेस्रो खेलमा डिफेन्डिङ च्याम्पियन फ्रीडम फाइटर विजयी भयो । फ्रिडम फाइटरले ठमेल ११ लाई सडन डेथमा पाखा लगायो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि २–२ भएपछि सडन डेथमा फ्रिडम फाइटर विजयी भयो ।

त्यसअघि निर्धारित समयमा खेलको पहिलो हाफको अन्तिम समयमा कन्यासुब्बा गुरुङले गोल गर्दै फ्रिडम फाइटरलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ठमेलले पेनाल्टी पाएको थियो । प्राप्त अवसरलाई सदुपयोग गर्दै प्रकाश रानाले बराबरी गोल फर्काए । फ्रिडम फाइटरका कन्यासुब्बा गुरुङ म्यान अफ दि म्याच भए ।

त्यस्तै अभिषेक चर्च रजहर र भनिमण्डल्न भेट्रान काठमाडौंबीचको चौथो क्वाटरफाइनल खेल भने वर्षाका कारण स्थगित भयो । असिनासहितको वर्षापछि खेल शुक्रबार बिहान खेलाउने गरि स्थगित गरिएको हो । उक्त खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

यो खेलको विजेताले शुक्रबार नै फाइनल प्रवेशका लागि एनआरटीको सामना गर्नेछ । उक्त खेल दिउँसो ४ बजे हुनेछ । त्यसअघि दिउँसो २ बजे पहिलो सेमिफाइनलमा चाबहिल र फ्रिडम फाइटर भिड्नेछन् । फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख तथा दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.