2 years ago
February 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उद्दघाटन खेलमा आयोजक केपी ओली एफसी विजयी भएको छ ।
राष्ट्रिय युवा संघले आयोजना गरेको प्रतियोगितामा एन्फा कम्प्लेक्समा भएको खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड माथि ३-० को जित हात पारेको हो । खेलको सबै गोल दोस्रो हाफमा आएको थियो ।
खेलको पहिलो हाफमा भने दुवै टोलीले अवसर सिर्जना गर्न संघर्ष गर्नुपर्यो । छैठौं मिनेटमा चर्च ब्वाइजका धीरज मगरको क्रसमा विशाल बस्नेतको हेडर पोस्ट तर्फ जान सकेन । २७औं मिनेटमा आयोजकका सुमित श्रेष्ठले खेलेको क्रसमा रोशन राना मगरको प्रहार ब्लक हुन पुग्यो ।

४५औं मिनेटमा आयोजककै सुरज जिउ ठकुरीको प्रहार पोस्टभन्दा केही टाढाबाट बाहिरियो । त्यसको अर्को मिनेटमा सुरजको पासमा फोडे फोफानाको प्रहार चर्च ब्वाइजका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे ।
४६औं मिनेटमा आयोजकका रोहन कार्कीको प्रहार पनि बाहिर जान पुग्यो । ५७औं मिनेटमा भने केपी ओली एफसीले अग्रता लियो। रोहन कार्कीको थ्रु पासमा फोडे फोफानाले गोल गर्दै खेलमा आयोजकलाई अग्रता दिलाए।
६८औं मिनेटमा आयोजकले अग्रता दोब्बर बनायो । फोडेको क्रसमा जय गुरुङले बक्स भित्रबाट राम्रो फिनिश गर्दै अग्रता दोब्बर बनाएका थिए ।

यस्तै तेस्रो गोल ७९औं मिनेटमा आएको थियो । मणि लामाको फ्रिकिक दिपले बचाएपछि आयोजकले कर्नर पाएको थियो । सो कर्नरमा जयले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता तीन गोलको बनाए ।
केपी ओली एफसीले अब सेमीफाइनल प्रवेशका लागि जावलाखेल युथ क्लब विरुद्ध खेल्नेछ ।
केपी ओली कपमा भोलि शनिबार कुनै खेलमा रहेको छैन भने आईतबार दुई खेल छन् । बिहान ११:३० बजेको खेलमा न्यू रोड टिम र थ्री स्टार क्लब भिड्दा दिउँसो तीन बजे हुने खेलमा त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लब भिड्ने छन् ।
प्रतियोगिताका सेमिफाइनल अगाडिका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने छन् । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगिताको फाल्गुन १९ का दिन समापन हुने छ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]