1 year ago
February 24, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शनिबार पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा युनाइटेड फुलहमसँग २–१ ले पराजित भएको हो ।
९ मिनेट थपिएको इन्जुरी समयको सातौं मिनेटमा एलेक्स लोबीको गोलमा फुलहम विजयी भएको थियो । एडामा ट्राओरेको पासमा एलेक्सले गोल गरेका थिए । त्यसअघि काल्भिनको गोलमा फुलहमले अग्रता लिएको थियो । टिमोथी कास्टाङेको पासमा काल्भिनले गोल गरेका हुन् ।
खेल सकिन एक मिनेट बाँकी रहँदा युनाइटेड खेलमा फर्किएको थियो । तर टोली इन्ज्युरी समयमा सम्हालिन सकेन । ह्यारी म्यागुएरले ८९ औं मिनेटमा बराबरी गोल गर्दै युनाइटेडका लागि आश दिलाएका थिए ।
हारपछि शीर्ष ४ भित्र पर्ने युनाइटेडको योजनामा धक्का लाग्ने देखिएको छ । युनाइटेड ४४ अंकका साथ छैटौं स्थानमा छ । फुलहम ३२ अंकसहित १२ औं स्थानमा छ ।
प्रिमियर लिगका अन्य खेलमा एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४–२ ले, क्रिस्टिल प्यालेसले बनर्लीलाई ३–० ले हराएको छ भने ब्राइटन र एभर्टनले १ –१ को बराबरी खेलेका छन् ।
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – फिफा क्लब विश्वकप अन्तर्गत समूह डी को खेलमा फ्लामेंगोले एस्पेरेन्सलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको छ । फ्लामेंगोले खेलको १७ औं मिनेटमा जर्जियन डे अरासेटाको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको ७० औं मिनेटमा लुइज अरौजोले गोल गर्दै सहज जित पक्का गरे । समूहकै अर्को खेलमा चेल्सीले लस एन्जेलस […]
June 17, 2025
एजेन्सी- लियाम डेलापले चेल्सीको तर्फबाट डेब्यु गरेको क्लब विश्वकपको पहिलो खेलमा चेल्सीले लस एन्जलस एफसीमाथि २-० को जित हासिल गरेको छ। अटलान्टाको मर्सिडीज-बेन्ज स्टेडियममा भएको खेलमा हजारौं खाली सिट खाली थिए। ३४ औं मिनेटमा मा पेड्रो नेटोले नजिकको पोस्टमा गरेको प्रहारले गोलको खाता खोलेका । एन्जो फर्नान्डेजले ७९ औं मिनेटमा टोलीको लागि दोस्रो गोल गरे। […]
June 16, 2025
एजेन्सी – इटालीले पूर्व मिडफिल्डर जेन्नारो गट्टुसोलाई आफ्नो नयाँ प्रशिक्षक नियुक्त गरेको छ। एसी मिलानका पूर्वमहान खेलाडी गट्टुसोले लुसियानो स्पालेत्तिको स्थान लिने छन् । उनलेले गत हप्ता पत्रकार सम्मेलनमा आफूले पद छाडेको घोषणा गरेका थिए। ४७ वर्षीय गट्टुसोले इटालीका लागि ७३ खेल खेलेका छन् । उनी सन् २००६ मा विश्वकप जित्ने टोलीका सदस्य हुन् । […]