2 years ago
February 25, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा उपाधि दौडमा रहेका म्यानचेस्टर सिटी र आर्सनल शनिबार विजयी भएका छन् ।
सिटीले फिल फोडेनको गोलमा बर्नमाउथलाई १-० ले पराजित गरेको छ । उनले २४ औं मिनेटमा गोल गरे ।
आर्सनलले न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गर्यो । स्भेन बुटमनले १८औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लियो।
काइ हाभार्टले २४औं, बुकायो साकाले ६५औं र जाकुव किविओरले ६९औं मिनेटमा गोल गरेपछि टोली ४-० ले अगाडि रह्यो। न्युकासलका लागि ज्याक विल्लकले ८४औं मिनेटमा गोल फर्काए ।

शनिबारको नतिजापछि सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी १ मा घटाएको छ । २६ खेलबाट लिभरपुलको ६०, दोस्रो स्थानको सिटीको ५९ र दोस्रो स्थानको आर्सनलको ५८ अंक छ ।
शनिबारका अन्य खेलमा फुलहमले म्यानचेस्टर युनाइटेडलाई २-१ ले, एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४-२ ले, क्रिस्टल प्यालेसले बर्नलीलाई ३-० ले हराएको छ । ब्राइटन र एभर्टनले १-१ को बराबरी खेले।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]