2 years ago
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा गोलकिपर अमित टमाटा नायक बनेपछि नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब माथि टाईब्रेकरमा जित निकाल्दै केपी ओली कपको दोस्रो चरण प्रवेश गरेको छ । आर्मीमाथि टाइब्रेकरमा ४-३ को जित निकाल्दै पुलिस क्वाटफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेट गोलरहित बराबरीतर्फ लम्किएपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले सत्रुघन चौधरीको स्थानमा युवा गोलकिपर अमित टमाटालाई मैदान प्रवेश गराएका थिए ।
टाइब्रेकरमा अमितले भूपेन्द्र रायमाझी र नवयुग श्रेष्ठको पेनाल्टी बचाउन सफल भए । भरत खवास, फत्तेमान घले र कमल बहादुर थापाले भने आफ्नो पेनाल्टीमा गोल गरेका थिए ।
पुलिसका रामचन्द्र वजीले आफ्नो पेनाल्टी क्रसबारमा प्रहार गरेका थिए भने उज्वल राई, हेमन्त श्रेष्ठ, प्रताप गुरुङले र आशिष राईले गोल गरे ।
त्यसअघि निर्धारित समयमा कुनै गोल हुन सकेको थिएन । तेस्रो मिनेटमा पुलिसका उज्वल राईको क्रसमा दिप थापाले राम्रो अवसर गुमाए । २०औं मिनेटमा पुलिसका आशिष राईले बक्स भित्रबाट मौकाको सदुपयोग गर्न सकेनन् । पुलिसकै प्रविन थापाले ४४औं मिनेटमा पोस्टमा प्रहार गरे ।

७५औं मिनेटमा मान बहादुर परियारले हेडर पोस्टतर्फ प्रहार गर्न सकेनन् । इन्ज्युरी समयमा प्रताप गुरुङले फ्रिकिक प्रहार क्रसबारमा प्रहार गरेपछि पुलिस निर्धारित समयमा जित हार पार्न सकेन ।
पुलिसले अब सेमिफाइनलमा प्रवेश गर्नका लागि मछिन्द्र एफसी विरुद्ध खेल्नेछ ।
प्रतियोगितामा भोलि हुने खेलमा दुई भारतीय टोली दिल्ली एफसी र मानेभञ्ज्याङ एफसी खेल्ने छन् ।
प्रतियोगिताका सेमिफाइनल अगाडिका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने छन् । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगिताको फाल्गुन १९ का दिन समापन हुने छ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]