default_image

2 years ago

February 25, 2024

झापा ११ पाँचथर गोल्डकपको सेमिफाइनलमा

919 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

झापा ११ फुटबल क्लब चौथो पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रेडहर्स फुटबल क्लब इलामलाई आइतबार १–० ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो ।

स्थानिय खेलाडी लिएर उत्रेको झापाले ३ विदेशी खेलाडी सम्मलित रेडहर्सलाई हराएको थियो । प्रदीप बुढाथोकीले ६४ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । निकेश श्रेष्ठको फ्रिकिकमा प्रदीपले हेडमार्फत गोल गरेका थिए ।

ए डिभिजन र नेपाल सुपर लिगको अनुभवी बटुलेका खेलाडी लिएर उत्रेको रेडहर्स पहिलो खेलमै स्तब्ध बन्यो । खेलमा पछि परेपछि गोल फर्काउने अवसरलाई रेजर्सले उपयोग गर्न सकेन ।

झापाका प्रदिप बुढाथोकी म्यान अफ दि म्याच बने र ५ हजार रुपैयाँ प्राप्त गरे । झरना खवास फ्यान अफ दि म्याच भइन् । देविका गुरुङ सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) बनिन् । दुबैले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबल सहित ८ टोलीले सहभागिता रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पाँचथर गोल्डकपमा सोमबारको खेल
पथरी ११ विरुद्ध बागमती फुटबल क्लब सर्लाही
खेल समय – दिउँसो २ बजे

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.