2 years ago
February 25, 2024
एजेन्सी – लिभरपुलले आइतबार इंग्लिस फुटबल लिग कपको उपाधि हात पारेको छ । यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरिसकेका प्रशिक्षक योर्गन क्लोपले लिभरपुका लागि अर्को उपाधि जितेका छन्।
चोटका कारण सुरुवाती रोजाईका धेरै खेलाडी गुमाएको लिभरपुलले चेल्सीविरुद्ध अतिरिक्त समयमा गोल गर्दै उपाधि उचाल्न सफल भएको हो । लिभरपुलका लागि कप्तान तथा डिफेन्डर भर्जिल भ्यान डाइकले गोल गरेका हुन् ।
अतिरिक्त समय सकिएर खेल पेनाल्टी सुटआउटमा धकेलिन दुई मिनेट बाँकी रहँदा उनले गोल गरेका थिए । कोन्सटान्टिनोस सिमिकासले खेलेको कर्नर किकमा हेडर मार्फत गोल गर्दै उनले जित दिलाएका थिए ।
त्यसअघि खेलमा दुबै टोलीले धेरै मौकाको सदुपयोग गर्न सकेनन् । १४औं मिनेटमा लिभरपुलका लुइस डियाजको प्रहार चेल्सी गोलरक्षक पेट्रोभिचले बचाएका थिए ।
२१औं मिनेटमा लिभरपुल गोलरक्षक केल्लेहरले कोल पालमरको प्रहार विफल पारे । ३२औं मिनेटमा रहिम स्टर्लिङले गरेपनि उनी अफसाइड रहेका थिए ।

४०औं मिनेटमा लिभरपुलका कोडी गाक्पोको हेडर पोस्टमा लागेर बाहिरिएको थियो । ६०औं मिनेटमा भ्यान डाइकले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले फाउल भएका कारण रद्द गरेका थिए ।
७६औं मिनेटमा चेल्सीका कनर ग्यालाघरको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो । इन्ज्युरी समयमा चेल्सीले लगातार केही अवसर खेरा फालेपछि अन्तिम समयमा जित निकाल्न सकेन ।
अतिरिक्त समयमा भने लिभरपुलले बाजी मार्यो । लिभरपुलको यो कीर्तिमानी १०औं लिग कप उपाधि हो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]