default_image

2 years ago

February 26, 2024

अल नासरको रोमाञ्चक जित

923 views

0 Bookmark

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अन नासरले रोमाञ्चक जित दर्ता गरेको छ । पाहुना टोली अल नासरले अल शबाबलाई उसकै घरेलु मैदानमा ३-२ ले हराएको हो ।

अल नासरको जितमा एन्डरसन टलिस्काले दुई गोल गरे भने एक गोल क्रिस्टियानो रोनाल्डोको रहेको थियो ।

रोनाल्डोले २१औं मिनेटमा पेनाल्टी मार्फत अल नासरलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्ज्युरी समयमा यानिक कार्रास्कोले पनि पेनाल्टी मार्फत नै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमा नै ओटाभियोको पासको सदुपयोग गर्दै टलिस्काले पुनः अल नासरको अग्रता कायम गरेका थिए । ६७औं मिनेटमा अल शबाबले पुनः खेलमा बराबरी गर्यो । यसपटक गोल गर्ने कार्लोस थिए । उनले हबिबु डियालोको असिस्टमा गोल गरेका थिए ।

तर ८६औं मिनेटमा अल नासरले तेस्रो गोल गर्दै जित सुनिश्चित गर्यो । यसपटक पनि गोल गर्ने टलिस्का रहेका थिए ।

जित पछि तालिकाको दोस्रो स्थानमा रहेको अल नासरको २१ खेलमा ५२ अंक छ । पहिलो स्थानमा रहेको अल हिलालको २० खेलमा ५६ अंक छ ।

अल शबाब भने २१ खेलमा २४ अंक सहित ११औं स्थानमा छ ।

November 7, 2025

पुलिस झापा गोल्ड कपको फाइनलमा

दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]

November 7, 2025

देउरालीको पहिलो जित, चित्लाङ र विजय स्पोर्ट्सको बराबरी

रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]

November 7, 2025

फुटबल खेलाडीले सुरु गरेको विरोधमा खेलाडी संघको एकबद्धता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]

Success

Thank you for your time.