default_image

2 years ago

February 26, 2024

मेस्सीको गोलमा इन्टर मियामीको बराबरी

636 views

0 Bookmark

एजेन्सी – लियोनेल मेस्सीले अन्तिम समय गोल गरेपछि इन्टर मियामीले मेजर लिग सकरमा बराबरी खेलेको छ । इन्टर मियामीले एलए ग्यालेक्सी विरुद्ध १-१ को बराबारी गरेको हो ।

एलएले १३औं मिनेटमा पेनाल्टीमा सदुपयोग गर्न सकेन । रिकार्ड पुजको सो पेनाल्टी भने मियामीका गोलरक्षक ड्रेक क्यालेन्डरले बचाउन सफल भए ।

७५औं मिनेटमा एलएले खेलमा अग्रता लिन सफल भयो । पुजको प्रहार क्यालेन्डरले बचाएपछि मार्को डेलगाडोको पासमा डेजान जोभेल्जिचले खेलमा एलएलाई अग्रता दिलाएका थिए ।

८७औं मिनेटमा डेलगाडोले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएपछि एलए दश जनामा सिमित भएको थियो । त्यसपछि इन्ज्युरी समयमा मेस्सीले गोल गर्दै खेल बराबरी गरे । उनले जोर्डी अल्बाको पासमा बक्स भित्रबाट गोल गरेका थिए ।

मियामीले सिजनको पहिलो खेलमा रियल साल्ट लेक विरुद्ध ३-१ को जित निकालेको हो । मियामीले अब अर्को खेलमा आईतबार ओर्लाण्डोविरुद्ध खेल्नेछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.