default_image

2 years ago

February 26, 2024

नेपाल र बहराइनको खेल दशरथ रंगशालामा हुनेमा शंका!

2157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर दशरथ रंगशालाको मैदान अन्तराष्ट्रिय खेलका लागि उपयुक्त नहुने देखिएपछि नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल हुनेमा शंका बढेको छ ।

पूर्व निर्धारित तालिका अनुसार चैत ८ गते दशरथ रंगशाला र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल टोलीबीच खेल हुनुपर्ने छ। छनोट खेल होम एण्ड अवेका आधारमा हुन्छ । तर पछिल्लो समय दशरथ रंगशालाको मैदानको अवस्था बिग्रिएपछि त्यहाँ खेल नहुने सम्भावना रहेको एक एन्फा पदाधिकारीले बताए।

दशरथ रंगशालामा पुस १४ गते नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको फाइनल भएको थियो। त्यसपछि खाली रहेको मैदानमा गत साता रग्बीको क्लब च्याम्पियनसिप आयोजना भएको थियो। रेग्बी त्यहि खेल जुन संघको निवर्तमान अध्यक्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ हुन् ।

बहराइनका प्रतिनिधिले झन्डै दुई साताअघि दशरथ रंगशालाको भ्रमण गरेपछि त्यहाँ खेल्ने अवस्था नभएको निष्कर्ष सहित एसियाली फुटबल महासंघ (एएफसी) मा जानकारी गराइसकेको एन्फाका ती पदाधिकारीले बताएका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधि मिन्दु दोर्जेले सोमबार दशरथ रंगशालाको निरीक्षण गरेपछि नेपाल र बहराइन बीचको खेलबारे अन्यौलता थपिएको हो । दोर्जे रंगशालाको अवस्थाबाट सन्तुष्ट नरहेको बुझिएको छ। निरीक्षणपछि उनले एएफसीलाई प्रतिवेदन बुझाइसकेको जनाएको छ ।

समूह ‘एच’मा रहेको नेपालले यसअघिका खेलेका दुबै खेल हारिसकेको छ । युएई र यमनसँग हारेको नेपालले तेस्रो खेलमा बहराइनसँग घरेलु मैदानमा खेल्ने तालिका छ ।

दशरथ रंगशालाको सरोकारवाला निकाय राखेप हो । जहाँ फुटबललगायत अन्य कार्यक्रम पनि राखेपको स्वीकृतिमा आयोजना हुन्छन् । नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त फुटबल मैदान दशरथ रंगशाला मात्रै हो ।

एएफसी प्रतिनिधि दोर्जेले साफ यू १६ च्यासल फुटबल मैदानमा गर्न सकिने नसकिने वा विकल्पमा कुन मैदान हुन सक्ने विषयमा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीसँग मंगलबार छलफल गर्ने बुझिएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.