default_image

2 years ago

February 28, 2024

आयोजक पाँचथर गोल्डकपको‌ फाइनलमा

745 views

0 Bookmark

दिपक बोहरा, पाँचथर

आयोजक टोलीले चौथो पाँचथर गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ।

पहिलो सेमिफाइनल खेलमा बुधबार बागमती युथ क्लब सर्लाहिलाई १-० ले हराउँदै पाँचथर क्लब उपाधि नजिक पुगेको हो । रोशन आङदेम्बेको गोलमा पाँचथरले‌ अन्तिम दुईको यात्रा तय गरेको हो।

पाँचथरले फाइनलमा झापा ११ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफको इन्ज्युरी समयमा पाएको कर्नरलाई सदुपयोग गर्दै पाँचथरले गोल गरेको थियो । विवेक पौडेलको कर्नरमा रोशनले हेडर गोल गरेका थिए ।
खेलमा दुबै टोलीले गोलको अवसर पटक पटक गुमाएका थिए ।

खेलको १३ औं मिनेटमा पाँचथरका प्रकाश धमलाको शक्तिशाली प्रहार बारमा लागेर फर्केको थियो । ६४ औं मिनेटमा पाँचथरका आशिष चापागाईको प्रहार बारमा लागेर रिबाउन्ट भएको बललाइ शुक्रराजले गरेको प्रहार बार माथिबाट बाहिरिएको थियो ।

अवसर गुमाउँदा खेलमा पराजित भएको बागमतीका प्रशिक्षक सुजिल श्रेष्ठले बताए । खेलाडीको आपसी समन्वयमा जित हासिल गरेको पाँचथरका प्रशिक्षक मिलन जबेगुले बताए । पाँचथरका गोलरक्षक मिराक खजुम म्यान अफ दि म्याच बने र ५ हजार रुपैयाँ प्राप्त गरे ।

लाखे ग्रुप फिदिमको समुह फ्यान अफ दि म्याच भए र २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । नबिन तुम्रोक सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शकर्) बन्दै २ हजार ५ सय प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पाँचथर गोल्डकपको दोस्रो सेमिफाइनल
झापा ११ र त्रिभुवन आर्मी फुटबल
समय – दिउँसो २:०० बजे

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.