1 year ago
February 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युवा संघद्वारा आयोजित दोस्रो केपी टोली कपका दुबै सेमिफाइनल खेल आज हुँदै छन् । अहिलेसम्मका खेल एन्फा कम्प्लेक्समा भएका थिए । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् ।
आज हुने पहिलो सेमिफाइनलमा बिहान ११:३० बजे जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटी) भिड्दै छन् । जावलाखेलले आयोजक टोली केपी ओली एफसी माथि २-१ को जित निकाल्दै अन्तिम चारमा आफ्नो स्थान बनाएको थियो । यस्तै एनआरटीले भने थ्री स्टार क्लब विरुद्ध १-० को जित निकालेको थियो ।
यस्तै दिनको दोस्रो सेमिफाइनलमा साविक विजेता मछिन्द्र एफसी र भारतीय टोली मानेभञ्ज्याङ एफसी भिड्ने छन् । मछिन्द्रले नेपाल पुलिस क्लब माथि ४-० को जित निकाल्दै सेमिफाइनलमा पुगेको थियो । मानेभञ्ज्याङ एफसीले अर्को भारतीय टोली दिल्ली एफसी विरुद्ध ३-१ को जित निकालेको हो ।
फाइनल फागुन १९ गते हुनेछ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
June 14, 2025
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसै वर्षदेखि नयाँ ढंगले सुरु गर्न लागेको फिफा क्लब विश्वकप शनिबार सुरु हुँदैछ । अमेरिकामा हुने प्रतियोगिताको पहिलो खेल नेपालमा भने स्थानीय समयअनुसार आइतबार विहान ५:४५ बजे सुरु हुनेछ । उद्घाटन खेलमा अल अहली र इन्टर मायमी खेल्नेछन् । सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको […]
June 14, 2025
एजेन्सी – रियल म्याड्रिडले अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा खेलेका सबैभन्दा कान्छा खेलाडी फ्राङ्को मस्तान्तुओनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ। १७ वर्षीय मस्तान्तुओनोको रिलिज क्लज सक्रिय गरेपछि रिभर प्लेटले ४५ मिलियन युरो प्राप्त गर्ने बताइएको छ। त्यो क्लबको लागि नयाँ कीर्तिमान हो। अट्याकिङ मिडफिल्डर मस्तान्तुओनोले पछिल्ला दुई सिजनमा रिभर प्लेटको पहिलो टोलीमा नियमित रुपमा खेल्दै आइरहेका […]
June 13, 2025
एजेन्सी – म्यानचेस्टर सिटी छाडेका केभिन डे ब्रुइनलेइटालियन क्लब नापोलीमा आबद्ध भएका छन्। बेल्जियमका मिडफिल्डर डे ब्रुइनले प्रिमियर लिग सिजनको अन्त्यसँगै सिटी छाडेका थिए। इटालियन च्याम्पियन नापोलीमा एन्टोनियो कोन्टे प्रमुख प्रशिक्षक छन् । उनले चेल्सी र टोटनहमको पनि नेतृत्व गरिसकेका छन्। इटालीमा फ्रि ट्रान्सफरमार्फत गएका डे ब्रुइनले मेजर लिग सकर क्लब सिकागो फायरको प्रस्ताव अस्वीकार […]