2 years ago
February 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला फुटबल टोलीले पश्चिम एसिया फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध निर्धारित ९० मिनेट बराबरी खेलेको छ ।
पहिलो हाफमा सविता राना मगरको १-० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २-१ को स्थितिमा थियो । तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो । अब खेलको निर्णय टाइब्रेकरमा हुनेछ ।
चौथो मिनेटमा जोर्डनकी कप्तान माएसा जबाराहको प्रहार पोस्टको दिशामा रहेन । सातौं मिनेटमा गिता रानाको लामो फ्रिकिक जोर्डन गोलरक्षक शेरिन अल शलाबेले समात्न नसकेपनि खतरा भने रहेन ।
११औं मिनेटमा सविता राना मगरको क्रसमा अमिषा कार्की नियन्त्रणमा लिनुअघि चिप्लिन पुगिन् । १५औं मिनेटमा रश्मी घिसिङको प्रहार सिधै अल शलाबेको हातमा पुग्यो । १७औं मिनेटमा दीपा शाहीको फ्रिकिक पनि सिधै अल शलाबेको हातमा पुग्यो । अर्को मिनेटमा प्रिती राईको प्रहारमा पनि उनी बाधक बनिन् ।
२९औं मिनेटमा आज पहिलो पटक सुरुवाती ११ मा रहेर खेलिरहेकी सविता राना मगरले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलको पास जोर्डनले क्लियर गर्न नसकेपछि सविताले बक्सको छेउबाट गरेको प्रहार अल शलाबेको पहुंच भन्दा टाढा जाँदै पोस्टको दिशा लियो ।
६०औं मिनेटमा कर्नरकिकको अन्त्यमा दीपा शाहीको प्रहार सिधै अल शलाबेको हातमा पुग्यो । ६४औं मिनेटमा जाइना हसनले बक्स बाहिरबाट निकै माथि प्रहार गरिन् ।
७२औं मिनेटमा अनिता बस्नेत अग्रता दोब्बर बनाउनबाट निकै नजित पुगेर चुकिन् । रेखा पौडेलको पास बक्सको दायाँ भागमा नियन्त्रणमा लिएर उनले गरेको प्रहार फार पोस्टको थोरै टाढाबाट बाहिरियो ।
७४औं मिनेटमा जोर्डनले खेलमा बराबरी गर्यो । ग्राउन्डको मध्य भागबाट खेलेको लामो पासमा अफसाइड ट्रयाप बिट गर्दै लाना फेरासले गोल गरेर खेल बराबरीमा ल्याइन् । सो गोल भएको बेला प्रिती राई चोटका कारण मैदान बाहिर रहेकाले नेपाल दश जनाले खेलिरहेको थियो ।
त्यसको अर्को मिनेटमा जोर्डन अग्रता लिनबाट चुक्यो । साराह अबु साबाहको बक्स बाहिरबाट लिएको प्रहार क्रसबारमा लागेर फर्कियो । रिबाउन्डमा माएसा जबाहराले बललाई पोस्टमा पठाएपनि उनी अफसाइड भएपछि गोल मान्य भएन ।
८३औं मिनेटमा अयाह अल-मजालीको लामो फ्रिकिक एन्जिलाले समातिन् । ८७औं मिनेटमा जबाहराको हेडर पोस्टको दिशामा रहेन ।
८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्यो । साराह अबु साबाहले जबाराहको पास लिएर गिता र दीपालाई छक्याउँदै बक्स भित्रबाट गोल गर्दै जोर्डनलाई अग्रता दिलाइन् ।
९०औं मिनेटमा जोर्डनकी गोलरक्षकले बल फुस्काएपछि बक्सको छेउबाट अनिता बस्नेतले गरेको प्रहारमा उनको चाहेजस्तो सम्पर्क रहन सकेन ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो । जबाराहले बक्समा ह्याण्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गिता रानाले गोल गर्दै नेपालका लागि बराबरी गरिन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]