2 years ago
March 3, 2024
एजेन्सी – मेजर लिग क्लब टोली इन्टर मियामीले आज बिहान भएको खेलमा सानदार जित निकालेको छ । इन्टर मियामीले अर्को फ्लोरिडाको टोली ओरल्याण्डो सिटी विरुद्ध ५-० को जित निकालेको हो ।
मियामीको जितमा लुइस सुआरेज र लियोनेल मेस्सीले २-२ गोल गरे । अर्को एक गोल रोबर्ट टेलरले एक गोल गरे ।
खेलको चौथो मिनेटमा नै मियामिले खेलमा आग्रह लिएको थियो । जुलियन ग्रेसेलको पासमा सुआरेजले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । ११औं मिनेटमा ग्रेसेल कै पासमा सुआरेजले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।
२९औं मिनेटमा सुआरेजले असिस्ट गर्न सफल भए । उनकै पासमा रोबर्ट टेलरले गोल गर्दै अग्रता तीन गोलको बनाए ।
त्यसपछि दोस्रो हाफमा मेस्सीले दुई गोल गर्दै पाँच गोल पुर्याए । उनले ५७औं र ६२औं मिनेटमा गोल गरेका थिए ।
मियामीले सिजनको पहिलो ३ खेलमा २ जित र १ बराबरी गरेको छ । मियामी ३ खेलमा ७ अंक सहित इस्ट कन्फरेन्सको पहिलो स्थानमा छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]