2 years ago
March 5, 2024
एजेन्सी – साउदी टोली अल नासर एसियाली च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । क्वाटरफाइनल अन्तर्गत हिजो राति भएको पहिलो लेगमा अल नासर युएईको टोली अल अइन विरुद्ध १-० ले पराजित भएको हो ।
अन अइनको जितमा सोफियान रहिमीले खेलको ४४औं मिनेटमा गरे । उनले काकुको पासको सदुपयोग गर्दै गोल गर्न सफल भएका थिए ।
खेलको अन्त्यतिर अल नासर दश जनामा सिमित समेत भएको थियो । नियमित डिफेन्डर आईमेरीक लापोर्ट सोझो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अल नासर दश जनामा सिमित भएको थियो । उनले दोस्रो लिग गुमाउने छन् ।
दोस्रो लिग आउँदो सोमबार राति अल नासरको घरेलु मैदानमा हुनेछ ।
एसियाली च्याम्पियन्स लिगमा पूर्वीय र पश्चिमी क्षेत्रबाट १-१ टोली फाइनलमा पुग्नेछन् । अल नासर समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो भने सो चरणमा अर्को साउदी टोली अल फायहालाई परास्त गरेको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]