default_image

2 years ago

March 5, 2024

झापा गोल्ड कप – एपिएफ कारबाहीमा‌ पर्यो

1201 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद)- झापा गोल्ड कपले एपिएफ फुटबल क्लबलाई कारबाही गरेको छ ।

बागमती युवा क्लब विरुद्ध सोमबार भएको खेलमा एपिएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै झापा गोल्ड क्लबले कारबाही गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। एपिएफले केहि खेलाडीको जर्सी नम्बरका लागि मार्कर मेडिकल टेपको‌ प्रयोग गरेको थियो।

झापा गोल्ड कप २०८० नियमावलीको २३ (ख) ले दिएको अधिकार प्रयोग गरी एपिएफमाथि कारबाही गरिएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले बताए ।

उनका अनुसार खेल मर्यादा विपरीतका गतिविधि गरेकाले एपिएफलाई ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।

प्रतियोगिता नियमावलीको पूर्ण परिपालना गर्न र भविष्यमा यस किसिमका गल्तीहरू नदोहोर्याउन एपिएफलाई सचेत गराउँदै लिखित प्रतिबद्धता माग गर्ने पनि निर्णय भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

झापा गोल्ड कप व्यवस्थापनले एपिएफ फुटबल क्लबको टिम व्यवस्थापनलाई कारबाही सम्बन्धमा लिखित जानकारी पठाएको‌ जनाएको छ ।

एपिएफले बागमती युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै झापा गोल्डकपको सेमिफाइनल पुगेको छ।

प्रतियोगितामा मंगलबारको दोस्रो क्वार्टर फाइनलमा दुई ए‌ डिभिजन टोली एनआरटी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.