2 years ago
March 6, 2024
एजेन्सी – ह्यारी केनले २ गोल गरेपछि बायर्न म्युनिख लाजियोलाई हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको छ।
बार्यनले मंगलबार दोस्रो लेगमा लाजियोलाई ३-० ले हराएको थियो। समग्रमा ३-१ को अग्रता सहित बायर्न अन्तिम ८ मा पुगेको छ।
पहिलो लेगमा लाजियो १- ले विजय भएको थियो। ३८ औं मिनेटमा केनले हेडर गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा थोमस मुलरले हेडर गोल गर्दै अग्रता दोब्बर पारेका थिए। ६६ औं मिनेटमा केनले अर्को गोल गरेपछि टोलीको क्वाटरफाइनल यात्रा सहज बनेको थियो।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]